| | |

आमा नेपाल फाउन्डेशनले मनाए तिज मिलन कार्यक्रम २०८१

आमा नेपाल फाउन्डेशनले मनाए तिज मिलन कार्यक्रम २०८१


१५ भाद्र । आमा नेपाल फाउन्डेशनको आयोजनामा रमाईलो तिज तथा दर खाने कार्यक्रम भाद्र १५ गते शनिबारको दिन आयोजना गरिएको थियो । कार्यक्रम वीरगंज लिंक रोड स्थित होटल कुमो प्यालेसमा राखिएको थियो । फाउन्डेशनले आयोजना गरिएको तिज मिलन कार्यक्रममा वीरगंजका स्थानीय महिलाहरु, विभिन्न पेशामा आवद्ध महिलाहरु तथा महिला बुद्धिजिवी तथा समाजसेवीहरुको उल्लेख उपस्थिती रहेको थियो । तीज आफैमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत गरेको भए पनि फलफूल ग्रहण गरेर दिनभरि व्रत बस्नमा वैज्ञानिक हिसाबले फलदायक नै देखिन्छ । तीजको दिन नारीहरूले टीका, कपडा, चुरा, पोते आदि सबै रातै रंगमा सजिनु यसको विशेषता हो । तिज पर्वको एतिहासिकता तथा मौलिकता हिन्दु धर्मालम्वीहरुको जोडिए पनि आधुनिक समाजमा यसको विशेषता हिन्दु धर्मालम्वीहरुमा मात्र सिमित नभई सवै धर्म, जात जाति तथा समुदायमा महिलाहरु प्रतिको एकता तथा ऐक्वद्धताको रुपमा यस पर्वलाई लिने गरिन्छ त्यसको उदाहरण यस फाउन्डेशनले आयोजना गरिएको यस तिज मिलन कार्यक्रममा तपाईहरुले देख्न सक्नुहुन्छ कि यस कार्यक्रममा अन्य धर्मका महिलाहरु पनि सहभागी भई यस पर्वलाई सिमित एउटा धर्मको महिलाहरुको पर्व नभई यो सम्पूर्ण महिलाहरुको एकताको प्रतिक हो भनि स्वीकारोक्तिको प्रमाण हो । भनी आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमिता मानन्धर ज्यूले जनाउनु भएको थियो । तिज मिलन कार्यक्रममा वीरगंज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख श्री कल्पना पौडेल ज्य, वीरगंज नर्सिङ्ग क्याम्पसका प्रध्यापिका ज्युहरु, ग्यान्दा एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कोइराला ज्यु, उच्च अदालत, बार एशोसियसनका पूर्व अध्यक्ष शालिकराम प्रसाद साह ज्यू, समाजसेवी तथा जेष्ठ महिला अधिकारकर्मी आदरणीय श्री उपा शाह ज्यू, वीरगंज महानगरपालिका पञ्जिकरण शाखा प्रमुख श्री माया थापा ज्यू, मिसा देः दवूःका वरिष्ठ सदस्य अमृता जोशी ज्यू, चिल्ड्रन ग्राडेनका सञ्चालक तथा समाजसेवी महिला श्री रोशनी श्रीवास्तव लगाएत विभिन्न संघ(संस्थका सदस्यहरु तथा स्थानीय महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो 

Teej Milan Program 2081

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *