वातावरण प्रदुषण नियन्त्रणकाे लागि वातावरण सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
मिति २०७९ साल चैत्र ४ देखि २०८० बैशाख २० सम्म, वीरगंज । वर्तमान समयमा वातावरणीय प्रदूषण विश्वव्यापी समस्या बन्दै गएको छ । यसले मानव जीवन, प्रकृति र जैविक विविधतामा गम्भीर प्रभाव पारिरहेको छ । यस समस्याको समाधानका लागि जनचेतना र समुदायको सहभागिता नै मुख्य आधार हो । यसैको मद्दतन्जर गर्दै आमा नेपाल फाउन्डेशन र बिरगन्ज महानगरपालिकाको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका अन्तर्गतका १६ वटा वडाहरूमा वातावरण प्रदूषण नियन्त्रणका लागि जनचेतना कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षणको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, समुदायलाई प्रदूषण नियन्त्रणका लागि प्रेरित गर्ने र महिला तथा युवाहरूलाई सशक्त बनाउने रहेको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिका अन्तर्गतका १६ वडाहरूका अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, स्थानीय समाजसेवी, महिला तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । विशेष गरी महिलाहरूको सहभागिता उल्लेखनीय रहेको थियो । कार्यक्रममा वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, महिला सशक्तिकरण र सामाजिक अग्रसरताका विषयहरूमा जानकारी प्रदान गरिएको थियो ।
आमा नेपाल फाउन्डेशनकी अध्यक्ष प्रमीता मानन्धरज्यूको प्रस्तुति थियो । उहाँले आमा नेपाल फाउन्डेशनको उद्देश्य र कार्यक्षेत्रबारे जानकारी दिइन् । साथै, उहाँले महिला उद्यमशीलता र उद्यमीहरूको भूमिका, वातावरणीय प्रदूषणको कारण र प्रभाव, समाधानका उपायहरू, समुदायको कर्तव्य र सामाजिक अग्रसरताका बारेमा विस्तृत प्रस्तुति दिइन् । उहाँले महिला हिंसा र सशक्तिकरण जस्ता विषयहरूमा पनि प्रकाश पार्दै महिलाहरूलाई आफ्नो अधिकार र भूमिका प्रति सजग बनाउन आह्वान गरिन् ।
कार्यक्रममा आमा नेपाल फाउन्डेशनले तयार गरेको वातावरण संरक्षण सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिएको थियो । यस वृत्तचित्रले वातावरणीय प्रदूषणको कारण, प्रभाव र समाधानका बारेमा दर्शकहरूलाई जानकारी प्रदान गर्यो । साथै, वातावरणीय प्रदूषण सम्बन्धी विभिन्न जानकारी सामग्रीहरू पनि प्रस्तुत गरिएका थिए । यी सामग्रीहरूले प्रदूषण नियन्त्रणका लागि व्यक्तिगत र सामुदायिक स्तरमा अपनाउन सकिने उपायहरूबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणको महत्व र प्रदूषण नियन्त्रणका लागि आफ्नो भूमिका बारेमा जानकारी प्राप्त गरे । विशेष गरी युवा तथा महिलाहरूले यस कार्यक्रमबाट धेरै प्रेरणा लिएका थिए । उनीहरूले वातावरणीय प्रदूषण नियन्त्रणमा आफ्नो भूमिका बारेमा चेतना बढाउनुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउने बारेमा पनि जानकारी प्राप्त गरे ।
यो जनचेतना कार्यक्रमले निम्न उपलब्धिहरू हासिल गरेको छ:
१. वातावरण संरक्षणको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सफल भएको छ ।
२. महिला तथा युवाहरूले वातावरणीय प्रदूषण नियन्त्रणमा आफ्नो भूमिका बारेमा जागरूकता प्राप्त गरेका छन् ।
३. समुदायलाई वातावरण संरक्षणका लागि प्रेरित गर्न सफलता प्राप्त भएको छ ।
४. वातावरणीय प्रदूषणको कारण, प्रभाव र समाधानका बारेमा व्यापक जानकारी प्रदान गरिएको छ ।
यो जनचेतना कार्यक्रम वातावरणीय प्रदूषण नियन्त्रण र समुदायमा जागरूकता फैलाउन एक महत्वपूर्ण कदम साबित भएको छ । आमा नेपाल फाउन्डेशन र बिरगन्ज महानगरपालिकाको सहकार्यमा सम्पन्न यो कार्यक्रमले सामाजिक स्तरमा सकारात्मक प्रभाव पार्न सफल भएको छ । यसले वातावरण संरक्षणको महत्वलाई उजागर गर्दै समुदायलाई प्रदूषण नियन्त्रणका लागि प्रेरित गरेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरेर वातावरणीय प्रदूषण नियन्त्रणमा ठूलो भूमिका खेल्न सकिने विश्वास गरिएको छ ।





































