| |

आमा नेपाल फाउन्डेशनद्वारा प्रथम वार्षिक उत्सवको आयोजना

आमा नेपाल फाउन्डेशनद्वारा प्रथम वार्षिक उत्सवको आयोजना


२७ फाल्गुन २०७९ साल, विरगन्ज । आमा नेपाल फाउन्डेशनद्वारा प्रथम वार्षिक उत्सवको आयोजना गरेको थियो । प्रथम वार्षिक उत्सव विरगन्ज स्थित जैन भवनमा आदर्शनगरमा आयोजना गरिएको थियो ।]
११३ औं अन्तराष्ट्रिय नारी दिवस तथा आमा नेपाल महिला केन्द्रित संस्था भएकोले नारी दिवसलाई नै फाउन्डेशनको स्थापना दिवस मनाउने निर्णय भए बमोजिम आमा नेपालले हरेक वर्षको नारी दिवसलाई स्थापना दिवसको रुपमा मनाउने आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमीता मानन्धर ज्युले जनाउनु भएको थियो ।
यस वर्ष अन्तराष्ट्रिय नारी दिवसकै दिन तराईमा होली पर्वको उल्लास भएकोले प्रविधिक कठिनाई परेकोले आज वार्षिक उत्सव मानाएको अध्यक्ष प्रमीता मानन्धरले जनाएका थिए । आज सम्पन्न भएको वार्षिक उत्सवको उद्घाटन प्रमुख अतिथि विरगन्ज महानगरपालिकाका मेयर श्री राजेशमान सिंह ज्युले गर्नु भएको थियो ।
वार्षिक उत्सव कार्यक्रममा विरगन्ज महानगरपालिकाका मेयर श्री राजेशमान सिंह तथा उहाँको अर्धागीणी विरगन्जका प्रथम महिला श्रीमति अन्नपुर्ण मानन्धर ज्युलाई आमा नेपाल फाउन्डेशनद्वारा आमा नेपालकी अध्यक्ष तथा जेष्ठ महिला श्री नारायणी देबी मानन्धर ज्युले सम्मान पत्र प्रदान गर्नु भएको थियो । त्यसैगरी समाजसेवी, विरगनज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा विरगन्ज महानगर सदभावना दुत श्री अशोक बैध ज्यु, सशस्त्र प्रहरी १३ नं. गणका प्रहरी नायब उपरिक्षक श्री सन्तोष वस्नेत ज्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक मनिषा लौडारी ज्यु, विरगन्ज महानगरपालिकाका पूर्व उपमेयर प्रत्यासी तथा जसपा महिला फोरमका प्रदेश उपाध्यक्ष श्रीमती पिंकी यादव ज्यु, जेष्ठ नागरिक श्रीमति नारायणी देबी मानन्धर ज्यु, समाजसेवी तथा महिला उद्यमी श्रीमति शुसिला साह ज्यु, समाजसेवि तथा सेस्मी इन्टरनेशनलका डाइरेक्टर श्रीमति अश्मा सिंह यादव ज्यु, समाजसेवी तथा बिजी बि किड मन्टेशोरीकी सञ्चालिका श्रीमती रोशनी श्रीवास्तव ज्यु पत्रकार महासंघ पर्साका उपाध्यक्ष श्री युवराज खड्का ज्यु लागाएतलाई आमा नेपाल फाउन्डेशनले प्रशंसा पत्र प्रधान गरिएको थियो ।
कार्यक्रम आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमीता मानन्धर ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो

1st Annual Day Program

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *