नेपालकाे प्रवेशद्वार शंकराचार्य गेट अगाडि महिला हिंसा तथा चेलिबेटी बेचबिखन सम्बन्धी जनचेतना कार्यक्रम
मिति २१ फाल्गुन २०७९ साल, विरगन्ज । ११३औं अन्तराष्ट्रिय नारी दिवस तथा आमा नेपाल फाउन्डेशनको पहिलो वार्षिउत्सवको उपलक्ष्यमा साप्ताहिक कार्यक्रम अन्तर्गत यस वर्ष सयुक्त राष्ट्र संघद्वारा ११३औं अन्तर्राष्ट्रिय महिला दिवसकाे तय गरिएकाे नारा “लैङ्गिक समानताकाे बलियाे आधार : सृजनात्मक प्रविधीमा महिला पहुँचकाे बिस्तार ” भन्ने मुलनारा तथा ” महिला हिंसाकाे अन्त्य गराैं, उन्नत समाज र उधमशिलताकाे विकास गरौं “भन्ने नारा सहित आमा नेपाल फाउन्डेशनको आयोजनामा विरगन्ज स्थित नेपालकाे प्रवेशद्वार शंकराचार्य गेट अगाडि महिला हिंसा तथा चेलिबेटी बेचबिखन सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएकाे थियाे। कार्यक्रममा महिला हिंसा तथा चेलिबेटि बेचबिखन सम्बन्धि जनचेतनामुलक पर्चा पम्प्लेट बितरण एवम काेणसभाकाे पनि आयाेजना गरिएकाे थियाे । आजकाे बिकसित समाजमा अझै पनि महिला माथि विभेद रहेकाे र पहाड तथा गाउँ घरका साेझा साझा महिलाहरुलाई विभिन्न प्रलाेभन देखाई नेपालका नाका हुँदै भारतका विभिन्न शहरहरुमा लगि बेचिने गरेका छन्, त्यस्कै बिरुद्धमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा फाउन्डेशनकाे पहिलाे वार्षिकउत्शवकाे उपलक्ष्यमा आज आमा नेपाल फाउनेडेशनद्वारा जनचेतनामुलक कार्यक्रम तथा काेणसभाकाे आयाेजना गरेकाे थियाे । काेणसभामा विरगन्ज महानगरपालिका वडा नं. १६ का अध्यक्ष पर्शुराम चाैरसिया ज्यु, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का ज्यु, नेपाल प्रहरी ईनरुवा चाैक्कीका ईन्चार्ज बरिस्ठ सई टेक बहादुर कार्की ज्यु, नेपाल कराते महासंघ पर्साका अध्यक्ष सन्जु कुमार साह ज्यु, नेपाल कराते महासंघ पर्साका उपाध्यक्ष साेनु कुमार सिंह ज्यु, सामुदायिक प्रहरी सेवा केन्द्र विर्ताका प्रहरी ईन्चार्ज प्रहरी हबल्दार एश्वर्या लक्ष्मि परियार ज्यु लगाएत आमा नेपाल फाउन्डेशनका पदाधिकारी तथा सदस्यहरुकाे नि उपस्थिती रहेकाे आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमीता मानन्धर ज्युले बताउनु भएको थियो ।












