११५ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शान्ति र्यालिको आयोजना
२४ फागुन । वीरगंज, ११५ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा “सबै महिला तथा किशोरीहरुका लागि : अधिकार, समानता र ससशक्तिकरण” को मुल नाराका साथ वीरगंज घण्टाघरबाट शान्ति र्यालि विरगंज परिक्रमा गरी माईस्थान मंदिर परिसरमा पुगि कोणसभा गरि समापन गरियो ।
शान्ति र्यालिमा जिल्ला प्रशासन कार्यालय, पर्सा, जिल्ला प्रहरी कार्यालय, पर्सा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण, आमा नेपाल फाउन्डेशन, नेपाल विद्युत प्राधिकरण, वीरगंज नर्सिङ्ग क्याम्पस, क्वस्ट फार्मासिटिकल्स, प्याब्सन, वीरगंज लगायतको सहभागि रहेको थियो ।
शान्ति र्यालिमा प्रमुख जिल्ला अधिकारी श्री गणेश आर्याल ज्यूको प्रमुख आतिथ्य, विशेष आतिथ्यमा सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम ज्यू, प्रहरी उपरिक्षकद्वय श्री गौतम मिश्र ज्यू, प्रमुख जिल्ला प्रहरी कार्यालय,पर्सा, श्री, राधेश्याम धिमाल ज्यू, गणपति सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण, अतिथिहरुमा वीरगंज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख श्री कल्पना धमला ज्यू, नेपाल विद्युत प्र्राधिकरणका प्रशासन प्रमुख मुरारी प्रसाद उपाध्याय ज्यु पर्सा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्री नाजीर हुसैन अन्सारी ज्यू, आमा नेपाल फाउन्डेशनका अध्यक्ष श्री प्रमिता मानन्धर ज्यू, वरिष्ठ महिला समाजसेवी श्री उषा शाह ज्यू, उच्च अदालत वीरगंज नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष श्री शालिकराम प्रसाद कानु ज्यू, प्रध्यापक श्री हरि बैध ज्यू, महिला सामाजसेवी अमृता बैध ज्यू, नेपाल प्रहरीका तथा सशस्त्र प्रहरीका महिला तथा पुरुष अधिकृत ज्युहरु तथा जबानहरु, राष्ट्रिय खेलकुद परिषद आवद्ध खेलकुद संघ(संगठनका पदाधिकारी तथा खेलाडि दाजुभाई तथा दिदी बहिनीहरु, वीरगंज नर्सिङ्ग क्याम्पसका विद्यार्थी बहिनीहरु लगायत पत्रकार बन्धुहरु तथा विभिन्न संस्थाबाट आवद्ध मान्यगणहरुको उपस्थिती रहेको थियो ।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्यले यस अन्तराष्ट्रिय नारी दिवस मनाउने गरिन्छ भनि आमा नेपाल फाउन्डेशनका अध्यक्ष श्री प्रमिता मानन्धर ज्यूले बताउनु भयो ।
शान्ति र्यालि कार्यक्र आमा नेपाल फाउन्डेशनको व्यवस्थापकिय तथा संयोजनमा वीरगंज स्थिती सरकारी, गैरसरकारी, संस्थान तथा निजी सरोकारवालाहरुको आयोजनमा गरीएको थियो । शान्ति र्यालि वीरगंज घण्टाघरबाट शुरु भई नगर परिक्रमा गरी वीरगंज माइस्थान मन्दिर परिसरमा पुगी कोणसभा गरिएको थियो कोणसभामा प्रमुख अतिथी पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल ज्युले सम्बोधनको क्रममा नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ त्यस प्रति म पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीको नाताले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा,, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्याय मेरो कार्यकालमा हुनदिन्न र यदि कसैले त्यसो गर्छ भने त्यो ढण्ढणिय अपराध हो र प्रचलित कानुन बमोजिम सजायको भागिदार हुनेछ । महिलाको हक मौलिक हकको रुपमा संविधानमै समावेश भईसकेको छ तसर्थ समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती रहेकोछ भन्नु भएको थियो ।














