| |

आमा नेपाल फाउन्डेशनद्वारा नारायाणी अस्पतालमा कपडा तथा फलफूल वितरण

Overline

आमा नेपाल फाउन्डेशनद्वारा नारायाणी अस्पतालमा कपडा तथा फलफूल वितरण

आज मिति १९ फाल्गुन विरगन्ज । ११३औं अन्तराष्ट्रिय नारी दिवस तथा आमा नेपाल फाउन्डेशनको पहिलो वार्षिउत्सवको उपलक्ष्यमा आमा नेपाल फाउन्डेशनको आयोजनामा विरगन्ज स्थित नारायणी अस्पतालको प्रसुती गृहमा रहेका सुत्केरी महिला तथा नवजात सिसुहरुलाई लत्ताकपडा तथा फलफुलका सामाग्री वितरण गरिएको एवम नारायणी अस्पतालको प्रसुती गृहको अवस्थाको बारेमा पनि जानकारी लिने कार्य गरिएको आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमीता मानन्धर ज्युले बताउनु भएको थियो ।
आमा नेपाल फाउन्डेशन तथा विरगन्ज महानगरपालिका वडा नं. ६को सहकार्यमा सञ्चालित महिला स्वरोजगार तथा उद्यमी तालिममा सहभागीहरुले सिलाएका बच्चाको कपडा सुत्केरी महिलाहरुलाई प्रदान गरिएकोृ थियो । कार्यक्रममा आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमीता मानन्धर, विरगन्ज महानगरपालिका वडा नं.६का अध्यक्ष जय प्रकाश शाह अग्रवाल ज्यु, नेपाल कराते महासंघका पर्सा जिल्ला अध्यक्ष सन्जु कुमार साह, एकद्वार संकट व्यवस्थापन केन्द्रका संयोजक हेमा थापा मानन्धर ज्यु लगाएत विभिन्न सामाजिक व्यक्तित्व तथा आमा नेपालका सदस्यहरु रहनुभएको थियो ।

Clothes & Fruits Distribution in Narayani Hospital

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *