आमा नेपाल फाउन्डेशनद्वारा होलि मिलन कार्यक्रम २०७८ को आयोजना
हिन्दुहरुको महान पर्व होलि पूर्णीमाको उपलक्ष्यमा आमा नेपाल फाउन्डेशनले मिति २०७८ साल चैत्र ३ गतेका दिन हिन्दु धर्मालम्बी सम्पुर्ण दिदी बहिनीहरु तथा दाजु भाईहरुमा हार्दिक शुभकामना व्यक्क्त गर्दै मनाइयो । आमा नेपाल फाउन्डेशनद्वरा आयोजित होलि मिलन कार्यक्रम २०७८ भब्यताका साथ सभ्य र भब्य रुपमा सम्पन्न भयो । उक्त कार्यक्रम आमा नेपाल फाउन्डेशनका अध्यक्ष श्री प्रमीता मानन्धर ज्युको अध्यक्षता, बिरगन्ज महानगरका नगर प्रमुख बिजय शरावगी ज्युको प्रमुख आतिथ्यमा, नगर उपप्रमुख शान्ति कार्की ज्युको विशेष आतिथ्य, अतिथीमा शसस्त्र प्रहरी नायब उपरिक्षक निर्मल थापा ज्यु, बाल कल्याण अधिकारी सावित्री भण्डारी, समाजसेवी सज्जन अग्रवाल, आमा नेपालका कोषाध्यक्ष निशा कुमारी डङ्गोल, सदस्य ज्योति खड्की, सदस्य अमृता महर्जनको आतिथ्यमा सयौं दिदी बहिनीहरुको सहभागितामा सम्पन्न भएको थियो ।




















