आमा नेपाल फाउन्डेशनद्वारा महिला उद्यमशिलता तथा स्वरोजगार अभिमूखीकरण कार्यक्रमको आयोजना
“समाज परिवर्तनमा एक कदम” मूल नाराका साथ आमा नेपाल फाउन्डेशनद्वरा मिति २०७८ साल फागुन महिनाबाट २०७९ साल असार सम्म एक दिने महिला उधमशिलता तथा स्वरोजगार अभिमूखीकरण कार्यक्रम विरगंज महानगरपालिका वार्ड नं. १ देखि वडा नं. १६ सम्म सम्पन्न गरियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री प्रमिता मानन्धर ज्यूको अध्यक्षतामा, प्रमुख अतिथीमा पर्सा जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र बहादुर मल्ल ज्यू तथा सहायक प्रमुख जिल्ला अधिकारी,पर्सा श्री भिम कान्त पौडेल ज्यु,विशेष अतिथीमा सम्बन्धित वडाका वडा अध्यक्ष ज्युहरु, अतिथिहरुमा वरिष्ठ महिला समाज सेवी आदरणिय जेष्ठ महिला श्री उषा साह ज्यू, एकद्वर संकट व्यवस्थापन केन्द्रका संयोजक हेमा मानन्धर ज्यू, प्रज्ञा सिड्स नेपालका अध्यक्ष श्री प्रणय श्रेष्ठ ज्यू, आमा नेपालका कोषाध्यक्ष निशा कुमारी डङ्गोल, सदस्यहरु ज्योति खड्की, अमृता महर्जन ज्यू, प्रशिक्षक सुनिता चौधरी, प्रशिक्षक राजकुमारी चौधरी लगायतको उपस्थीतमा एक दिने महिला उद्यमशिलता तथा स्वरोजगार अभिमूखीकरण कार्यक्रमको आयोजना भई सम्पन्न भएको थियो ।


















